भर्खरै पुर्वाधारको बिकास हुन थालेको महत्वपुर्ण सम्पदाहरुको स्थल दुल्लू क्षेत्रले नगरपालिका घोषणाको अवसर पाएको छ । राज्यले नगरपालिका घोषणा गर्दा हुनुपर्ने विभिन्न पुर्वाधारहरुलाई जोड्दा विगतको नारायण नगरपालिका भन्दा केही पुर्वाधार युक्त हुदै आएको यो क्षेत्र नगरपालिका घोषणा भएपछि ठूला चुनौती र ठूला संभावनाहरु दुवै सँगसँगै अगाडी देखा परेका छन् । दुल्लू क्षेत्रको हालको बजारिकरणलाई व्यवस्थित बनाउन सकियो भने यसले पक्कै पनि आगामी दिनहरुमा आउने समस्याहरु समाधान गर्ने संभावना देखिन्छ ।
सास्कृतिक तथा पुरातात्विक सम्पदाको हिसावले महत्वको क्षेत्रको रुपमा रहेको दैलेख जिल्लालाई आन्तरिक र वाह्य पर्यटकहरुको गन्तब्यस्थल बनाउनका लागि पनि नगपालिकाको घोषणा सँगै निर्माण हुने सडकहरुको स्तर फराकिलो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
डोजरको सर्वे नभई बास्तवीक सर्वेमार्फत सडक विस्तारलाई मह्त्व नदिएसम्म जिल्लाका समग्र सडक निर्माणहरुमा जहिले पनि लाखौं रकम खर्च गर्ने बाहेक अरु केही हुनेवाला छैन् । यस्ता धेरै बिषयहरुलाई समयमै ख्याल गरि जिल्लाको समग्र बिकासमा टेवा पु¥याउने महत्वको क्षेत्र बनेको दुल्लू क्षेत्रको नगरपालिकासँग आशालाग्दा किरणहरु र निराशाका बादलहरु दुवै सँगै जोडिँएका छन् ।
नगरको बिकास लागि ठोस नीति अवलम्बन गरि सुरुवाती देखिनै लगानीलाई प्रभावकारी र दिगो संचालनतर्फ ध्यान दिन सकेमा पक्कै पनि यसले राम्रो प्रभाव पार्ने देखिन्छ ।








